३० आश्विन २०८३, शुक्रबार

एनसेलले पनि सर्वसाधारणलाई सेयर बेच्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ncell-logoकाठमाडौं, ४ चैत । निजी क्षेत्रको दुरुसंचार सेवाप्रदायक कम्पनी एनसेलले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ ।

एनसेल प्रालिको मुख्य कम्पनी टेलियासानेराबाट आएको टोलीको प्रारम्भिक अध्ययनपछि साधारण सेयर जारी गरेर कम्पनीलाई पब्लिक लिमिटेडमा लैजाने निर्णय गरेको हो ।

स्रोतका अनुसार चुक्ता पुँजीको कति प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने र प्रिमियम मूल्य कति तोक्ने भन्ने विषयमा निर्णयमा पुग्न बाँकी छ ।

साधारण सेयर निष्कासनबारे अध्ययन गर्न टेलियासोनेरा, स्विडेनबाट कम्पनीका निर्देशक म्याथिअस होल्के, प्रमुख कार्यकारीका वरिष्ठ सल्लाहकार सालोमोन बेकले र व्यवस्थापन, प्रशासन तथा वित्तीय समूहका कानुनी सल्लाहकार ओला एस्पेलुन्डको टोली एक महिनाअघि नेपाल आएको थियो।

पाँचदिने अध्ययनका क्रममा टोलीले सेयर निष्कासनबारे नियमन निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका अधिकारीसँग परामर्श गरेको थियो।

एनसेलका प्रमुख कार्यकारी एरिम टाइलानलार पनि सँगै थिए।

दूरसञ्चार नियमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गठन गरेको कार्यदलको सुझावअनुसार एनसेलले साधारण सेयर जारी गर्न लागेको हो।

उक्त कार्यदलले सबै दूरसञ्चार सेवाप्रदायक कम्पनीलाई पब्लिक लिमिटेडमा लैजान सुझाव दिएको नागरिक दैनिकले छापेको छ ।

त्यसैअनुरुप एनसेलले सुरुमा आफैं अध्ययन गरी पत्राचार गरेपछि स्विडेनस्थित टेलियासोनेराबाट अध्ययन टोली आएको थियो।

एनसेलका प्रमुख कार्यकारी एरिम टाइलानलारले टेलियासोनेराका प्रतिनिधिले नेपाल आएर साधारण सेयर निष्कासनबारे अध्ययन गरेको पुष्टि गरे।

‘हामी एनसेलको सेयर जारी गर्नेबारे खुला रूपमा छलफल गरिरहेका छौं’, उनले भने, ‘त्यसै क्रममा नेपालमा सेयर जारी गर्ने तयारीस्वरुप कम्पनीका प्रतिनिधि विस्तृत अध्ययन गर्न आएका हुन्। यहाँको बजार तथा आवश्यकताबारे विस्तृत जानकारी प्राप्त गर्न तथ्य बुझ्ने काम भइरहेको छ।’

सेयर बजारमा सूचीकरणले लगानीकर्ताको मूल्य अभिवृद्धि र सेयर बजारकै विकासमा योगदान पुर्याजउने विश्वास उनले व्यक्त गरे।