१ कार्तिक २०८३, आइतबार

कात्तिकसम्म समर्थन पाएपछि कोइराला ओलीको पुच्छरः अध्यक्ष दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahalकाठमाडौं, ४ चैत । प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीबाट कात्तिकस म सरकारमा समर्थन जनाउने सुनिश्चितता आएपछि प्रधानमन्त्री सुशील कोइराला उनको पुच्छर बनेको आरोप लगाएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार भएको केन्द्रीय समिति बैठकमा दाहालले ओलीले सत्ता साझेदारीको विषय उठाउँदा कोइराला आफूहरूतर्फ नजिकिने गरेको पनि जानकारी गराए।

‘भदौमा हुने कांग्रेस महाधिवेशनसम्म सहमति टारेर कोइरालालाई अलोकप्रिय बनाउने शेरबहादुर देउवाको चाहना होला भन्ने लाग्थ्यो। तर कोइरालाले पनि सहमतिमा संविधान बनाउन खोजेको देखिएन। कोइरालामा ओलीको पछाडि लाग्ने प्रवृत्ति देखियो’, दाहाललाई उद्धृत गर्दै एक नेताले भने, ‘ओलीले सत्ता साझेदारीका बारेमा सोच्नुपर्छ भनेपछि कोइराला आत्तिएका थिए र हामीतिर नजिकिएका थिए। ओलीले कात्तिकसम्म समर्थन जनाउने सुनिश्चितता गरेपछि प्रधानमन्त्रीको खटपट पनि सकियो। संविधानका बारेमा उनी पनि ओलीतर्फ लाग्न थाले।’

कोइराला र ओलीप्रति लक्षित गर्दै दाहालले कांग्रेस एमालेको अहिलेको नेतृत्व अनुदार रहेको, संविधानसभाबाट सहमतिमा संविधान बनाउने पक्षमा नदेखिएको, संविधानसभाबाट सहमतिमा संविधान बनाउँदा माओवादी एजेन्डा हाबी हुने डर कांग्रेस एमालेमा देखिएको, संविधानसभाबाट संविधान बनाउनुभन्दा एमाओवादीलाई दोषी देखाएर संविधानसभा भंग गराउने दिशामा कांग्रेस एमालेको नेतृत्व अग्रसर देखिएको बताए।

‘कांग्रेस एमालेभित्र पनि मुलुक द्वन्द्वमा नजाओस् भन्ने तप्का पनि छ’, दाहालले भने।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र आफूबीच मंगलबार बिहान टेलिफोन वार्ता भएको जानकारी पनि दाहालले गराए। ‘सहमतिका लागि म पार्टीभित्र निर्णायक ढंगले छलफल गर्छ’, एमाले नेता नेपाललाई उद्‌धृत गर्दै दाहालले बैठकमा भने।

प्रधानमन्त्री कोइरालाले पनि दाहाललाई मंगलबार बिहान टेलिफोन गरेर सहमतिको प्रयास छोडेर आन्दोलनमा नजान आग्रह गरेका थिए। ‘सहमतिको अमूर्त कुरा गरेर हुन्न। मूर्त प्रस्ताव ल्याउनुस्, हामी छलफल गर्न तयार छौं। तपाईंहरू अमूर्त प्रस्ताव ल्याउनुहुन्छ, ओलीको पुच्छर बन्नु हुन्छ, के वार्तामा बस्नु’ आफूले प्रधानमन्त्री कोइरालालाई दिएको जबाफ दाहालले बैठकमा सुनाएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

बहुपहिचानका ६, ९ र १० प्रदेशको प्रस्ताव आफूले राखेको, झापा, मोरङ, सुनसरीलाई छुट्टै प्रदेश बनाउने वा पहाड र मधेसमा मिलाएर प्रदेश बनाउने वा आयोगमार्फत टुंगो लगाउनेमध्ये एउटा विक ल्पमा आफूहरू तयार रहेको जनाउ दिएको पनि दाहालले बताए।

कैलाली र कञ्चनपुरलाई पहाड र तराई प्रदेशमा मिलाउन सकिने वा आयोगलाई जिम्मा दिन सकिने प्रस्ताव आफूले राखेको पनि उनले बताए।