२९ आश्विन २०८३, बिहिबार

हावाले पुल ढल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गास्थित चितवन र तनहुँ जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पक्की पुल आइतबार साँझ आएको हावाले भत्काएको छ ।

चार खम्बासहितको ८० मि लामो गाडी गुड्न मिल्ने सो पुलको ट्रस हाल्ने क्रममा ट्रसको पूरै भाग हावाले भत्काएको हो । सो पुलको ठेक्का पाएको अनक कन्स्ट्रक्सन प्रालिका निर्देशक अमृत श्रेष्ठका अनुसार नट बोल्ट कस्न बाँकी रहेको अवस्थामा एक्कासि आएको ठूलो हावाले ट्रस पल्टाएको हो । झन्डै २५० टन स्टिलबाट बनेको ट्रस निर्माण र जडानका लागि मात्र रु पा“च करोडभन्दा बढी खर्च भएको उहा“ले बताउनुभयो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर हरि पोखरेलले सधैँजसो उत्तरबाट दक्षिणतर्फ हावा बहने सो क्षेत्रमा आइतबार साँझ दक्षिणबाट उत्तरतर्फ वेगले हावा चलेकाले ट्रस झारेको बताउनुभयो । चौध महिनाअघि सुरु भएको पुलको निर्माण आउ“दो मंसिरमा सक्ने लक्ष्य छ ।

पुलको लागत रु १३ करोडको हाराहारीमा  छ । लगभग ७० प्रतिशत काम सकिएको अवस्थामा सबै भताभुंग भएको निर्माण कम्पनीले जनाएको छ । ट्रस राख्ने काम सकिएपछि केही प्राविधिक विÈय टुङ्गाएर पुलमाथि कंक्रिटको स्ल्याब राख्ने गरिन्छ । घटनाबारे सूक्ष्म ढंगबाट अध्ययन भइरहेको प्रमुख पोखरेलले बताउनुभयो ।

दासढुङ्गामा बनेको सो पुलले तनहुँको देवघाट गाविसलाई जोड्ने गर्छ । देवघाट क्ष्ोत्रलाई मोटर बाटोसँग जोड्ने पुल अहिलेसम्म बनेको छैन । पुल बनाउन धेरै समयअघि निर्णय भए पनि कहाँ राख्ने भन्ने विवाद चलेकाले निर्माण सुरु हुन ढिला भएको थियो । इन्सुरेन्स कम्पनीका प्रतिनिधिले अध्ययन गरेपछि के कसरी काम अगाडि बढाउने भन्ने विषयमा छलफल गरिने  कन्स्ट्रक्सन कम्पनीका निर्देशक श्रेष्ठले बताउनुभयो ।