३० आश्विन २०८३, शुक्रबार

विपदमा जनतासँगै रहन नेता कार्यकर्तालाई देउबाको आग्रह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले विद्यमान विपदको समयमा कांग्रेसमा नेता कार्यकर्ताहरुलाई जनतासँगै रहन आग्रह गरेका छन् ।

कोरोनाको संक्रमणबाट जनताको जीवनरक्षामा समर्पित हुनु सबै राजनीतिक दल एवं संघसंस्थाहरूको साझा कर्तव्य भएको भन्दै देउबाले आपसी एकता र विश्वासका साथ आफ्नो कार्यक्षेत्रमा उच्चतम मानवीय भावनाका साथ थप क्रियाशील रहन नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै देउबाले भनेका छन्, ‘म नेपाली कांग्रेसका साथीहरूसँगै सबै दल, संघसंस्थामा आवद्ध मित्रहरूलाई जनताको दुःखमा साथ दिन आग्रह गर्द्छु ।’

यस्तै उनले प्रत्यक्ष जनतासँग सम्पर्कमा रहेर कार्य गरिरहेका देशभरका स्थानीय तहका सबै थरी नेतृत्वको सराहना गर्दै कोरोनाविरुद्धको संघर्षमा स्थानीय तहको कमजोरीको पहिचान गरी सबै एकजुट भएर कार्य गर्ने इच्छाशक्तिका साथ जुट्न पनि आग्रह गरेका छन् ।