३० आश्विन २०८३, शुक्रबार

समयको सदुपयोग गरेर कार्यसम्पादन गर्न सरकारलाई कांग्रेस सभापति देउवाको आग्रह

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा तथा लकडाउनको समयलाई उच्चतम सदुपयोग गर्न आग्रह सरकारलाई गरेका छन् ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गरी सभापति देउवाले यो समयमा कोरोनाविरुद्धको संघर्षलाई नयाँ ढंगले व्यवस्थित गर्न अपील गरेका हुन् ।

पीसीआर परीक्षण ७७ ओटा जिल्लामै गर्नेगरी अविलम्ब क्षमता विस्तार गरेर समुदाय स्तरमा परीक्षण व्यापक रूपले पुर्याउन देउबाले सरकारसँग माग गरेका छन् ।

यस्तै कोभिड अस्पतालहरू निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्थापन गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न पनि उनले जोडदार माग गरेका छन् ।

क्वारेन्टिनहरू व्यवस्थित नहुँदा कोरोनाको विस्तारमा योगदान पुगेको घटनाहरू स्मरण गराउँदै देउबाले मापदण्डयुक्त क्वारेन्टिनहरूको व्यवस्थापनमा अविलम्ब ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।