३० आश्विन २०८३, शुक्रबार

भरतपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ भदौ । चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ की ६५ वर्षीया महिलाको शनिबार साँझ मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । ती महिलाको मृत्यु भएपछि साँझ रिपोर्ट पोजिटिभ आएको थियो ।

ती महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब संकलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो । कलेजो सम्बन्धी उपचारका लागि साउन ३२ गते पुरानो मेडिकल कलेजमा उनी भर्ना भएकी थिइन् ।