३० आश्विन २०८३, शुक्रबार

‘सेनाको बर्बर यातनाबाट माछा मार्न गएका युवकको मृत्यु’

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । मानव अधिकार तथा शान्ति समाजले चितवनको राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकले चरम, बर्बर यातना दिएपछि राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङको मृत्यु भएको निष्कर्ष निकालेको छ ।

समाजले गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका २४ वर्षीय राजकुमार चेपाङलाई सेनाले चरम, बर्बर यातना दिएपछि मृत्यु भएको प्रकरणको स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । घटना राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनको उल्लंघन  र मानव गरिमाविरुद्ध घात र अपराध भएको ठहर समाजको छ ।

उक्त यातनाको घटनामा संलग्न सैनिकलाई कानूनसम्मत कारवाही गर्दे सार्वजनिक गरी नेपाली सेना यातना विरुद्धको अन्तर्राष्ट्रिय महासन्धीको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्न प्रतिवद्ध रहेको सबै सामु विश्वस्त पार्नु पर्ने धारणा पनि समाजको छ ।

साथै राज्यले मृतक परिवारलाई यथेष्ट क्षतिपूर्ति र यातना पिडितहरूको स्वास्थ्य उपचारको सम्पूर्ण प्रवन्ध मिलाउनु पर्ने माग पनि समाले प्रतिवेदनमार्फत गरेको छ ।

अनुगमन टोलीले मृतकका परिवार, यातना पिडितहरू, स्थानीय जनप्रतिनिधीहरू, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा नागरिक समाजका ब्यक्तिहरूसगँ छलफल गरेको थियो ।

मानव अधिकार तथा शान्ति सामाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालको नेतृत्वमा गएको टोलीमा अधिकारकर्मीहरू केन्द्रीय सचिवद्धय श्यामसुन्दर पराजुली, बाबुहहि अचार्य, विभागीय संयोजक राजेन्द्र पौड्याल, सदस्य तोयानाथ ढुंगानाको सहभागिता थियो ।