३० आश्विन २०८३, शुक्रबार

१३ वर्षीया बालिका बलात्कार गर्ने लोकेन्द्र सिंह पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिकाद्द२८ हरिसिद्दि बस्ने कन्चनपुर भिमदत्त नगरपालिका–१४ कलियाका १९ वर्षीय लोकेन्द्र सिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार राति प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।

लोकेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित चाईनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।