
वीरगञ्ज, ७ भदौ । नेपाली सेना, नेपाल प्रहरीका अधिकारीहरु, चिकित्सक, केही स्वास्थ्यकर्मी र केही सञ्चारकर्मीसहित पर्सा र बारामा १५६ जनामा कोरोना संक्रमण देखिएको छ ।
नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३२० वटा स्वाब नमूना परीक्षण गर्दा पर्साका १४५ र बाराका ११ जनासहित १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३४ जना महिला छन् ।
संक्रमितमध्ये ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, सञ्चारकर्मी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको छ ।
पर्सामा हालसम्म कोभिड–१९ को संक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया