
काठमाडौं, ७ भदौ । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहका ३ जना आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बाँकी संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड १/१ जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी छन् । संक्रमितमध्ये दुई जना टेकु अस्पतालको आइसोलेसनमा रहेको र बाँकी संक्रमित भने होम आइसोलेसनमा बसेका छन् ।
स्वास्थ्यकर्मीलाई संक्रमण देखिए पनि अस्पतालको सेवा प्रभाविन नपारिएको अस्पतालले जानकारी दिएको छ ।















प्रतिक्रिया