
काठमाडौं, ७ भदौ । जल तथा मौसम विज्ञान विभागले आज ठूलो पानी पर्ने सम्भावना कम रहेको जनाएको छ ।
अहिले काठमाडौंसहित धेरै ठाउँमा घाम लागेको छ । दिउँसो धेरै ठाउँको मौसम आंशिक बदली हुने तर गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । साँझदेखि देशका धेरै ठाउँमा पानी पर्नेछ ।
प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा राती ठूलो पानी पर्ने सम्भावना रहेको विभागको अनुमान छ । न्यूनचापीय मौसमी प्रणाली आजदेखि थप सक्रिय हुने भएकाले रातीदेखि पानी पर्ने क्रम बढ्ने विभागको भनाइ छ ।















प्रतिक्रिया