६ मंसिर २०८३, आइतबार

प्लाज्मा थेरापीबाट उपचार गरिएका वृद्धको निधन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ७ भदाै । प्लाज्मा थेरापीबाट उपचार गरिएका एकजना काेराेना संक्रमितकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा निधन भएको छ ।

धरान–१५ निवासी ६७ वर्षीय वृद्धको निधन भएको प्रतिष्ठानले जनाएको छ । सिकिस्त भएका ती संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार भइहेको थियो ।

शुक्रबार राति मात्र उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । मृतकलाई एक सातादेखि अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरो आएको थियो ।  उनी उच्च रक्तचापको दीर्घ रोगी रहेका थिए ।

सिकिस्त अवस्था हुँदै गएपछि ३ दिनदेखि प्लाज्मा दाता खोजी गरेर शुक्रबार राति मृतकलाई प्लाज्मा दिइएको थियो ।