२ कार्तिक २०८३, सोमबार

नेयमारकाे लक्ष्य मेसी र रोनाल्डोले जस्तै वालेन डी’ओर जित्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ७ भदाै । ब्राजिलका फुटबल खेलाडी नेयमारले आफ्नाे लक्ष्य लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोले जस्तै वालेन डी’ओर जित्ने रहेकाे बताएका छन् ।

नेयमारले मेसी र रोनाल्डोलाई आफ्नो पिंढीको सर्वश्रेष्ठ खेलाडीको रुपमा स्वीकार्दै आफू वालेन डी’ओरमा पुरा रुपमा केन्द्रित रहेको बताएका छन् ।

बार्सिलोनाका मेसी र युभेन्ट्सका रोनाल्डोले पछिल्ला १२ मध्य ११ पटक वालेन डी’ओरको अवार्ड हात पारेका छन् ।

नेयमार समकालिन क्लब फुटबलका सर्वाधिक महङ्गा फुटबलर हुन्। वालेन डी’ओर जित्ने लक्ष्यसहित उनी कीर्तिमानी २ सय २० मिलियन पाउण्डमा बार्सिलोना छाडेर पीएसजी गएका थिए ।

२८ वर्षका नेयमारले पछिल्ला तीन सिजन आफूमाथिको लगाईएको महङ्गो मूल्यलाई न्याय गर्न सकिरहेका छैनन् । उनले यस सिजन १९ गोल गर्नुका साथै १२ गोलको अवसर सिर्जना गरेका छन् ।