३० आश्विन २०८३, शुक्रबार

कागेश्वरी मनोहराको एउटै वडामा ४० जना संक्रमित, एक जनाको ज्यान गयो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको एउटै वडामा ४० जना संक्रमित भेटिएका छन् ।

नगरपालिकाको वडा नं. ९ मा शनिबार दिउँसोसम्म संक्रमितको संख्या ४० पुगेको र त्यसमध्ये १ जनाले ज्यान गुमाइसकेको सो वडाका अध्यक्ष कुन्दन खड्काले जारी दिएका छन् ।

संक्रमितको संख्या बढ्दै गएको भन्दै अध्यक्ष खड्काले सतर्क रहन वडावासीलाई आग्रह गरेका छन् ।

‘कागेश्वरी मनोहरा–९ मा शनिबार दिउँसो २ बजेसम्म कोरोना पोजेटिभको संख्या ४० पुगिसकेको र १ जनाको मृत्यु समेत भइसकेको छ’, उनले भने ‘अब सबैले थप सचेत हुने बेला आएकाले सम्पूर्ण वडावासी तथा सम्पूर्णमा आफू र आफ्नो परिवार विनाकाम घरबाहिर ननिस्कन र सुरक्षित हुन अपिल गर्दछु ।’