
विराटनगर, ६ भदौ । सुनसरीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत धरान–१५ का ६७ वर्षीय संक्रमितको मृत्यु भएको हो । उनलाई साउन २७ गते संक्रमण पुष्टि भएको थियो ।
उनको शनिबार दिउँसो १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १५ पुगेको छ ।















प्रतिक्रिया