३० आश्विन २०८३, शुक्रबार

नेपाली सेनाद्वारा रौतहटमा दुईवटा नाईटभिजन हेलिप्याड हस्तान्तरण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ६ भदौ । रौतहटका दुई स्थानीय तहलाई नेपाली सेनाले नाईटभिजन हेलिप्याड हस्तान्तरण गरेको छ ।

ईन्द्र बकस गणका प्रमुख नेपाली सेनाका कर्णेल सामन्तध्वज खांडले शुक्रबार सांझ छुट्टाछुट्टै कार्यक्रम गरेर दुबै हेलिप्याड हस्तान्तरण गरेका हुन । कार्यक्रम अन्तरगत नेपाली सेनाले गौर नगरपालिका–८ स्थित निर्माण गरेको हेलिप्याड मेयर अजयकुमार गुप्तालाई कर्णेल खांडले हस्तान्तरण गरेका छन् ।

त्यसैगरी बागमती नदी नजिकै गढिमाई नगरपालिका समनपुरमा निर्माण भएको हेलिप्याड मेयर श्याम प्रसाद यादवलाई कर्णेल खांडले हस्तान्तरण गरेका छन् ।

बर्षायाममा बर्सेनि बाढी तथा डुबान बाट अतिनै प्रभावित रौतहटमा डुबानको समयमा राहत तथा उद्वारको लागि उक्त नाईटभिजन हेलिप्याड प्रयोग गर्दा सहज हुने नेपाली सेनाका कर्णेल सामन्तध्वज खांडले जानकारी दिए ।