
काठमाडौं, ६ भदौ । शनिबार देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै दिएको जानकारी अनुसार आज शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको हो ।
महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशमा बनेको न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव परेकाले हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको रहेको छ ।















प्रतिक्रिया