२ कार्तिक २०८३, सोमबार

काेराेना दुई वर्षभित्र नियन्त्रण हुने डब्लुएचओकाे आशा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ भदाै । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा रहेको बताएका छन्।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले शुक्रबार जेनेभामा बोल्ने क्रममा सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै कोरोना भाइरसको सवालमा पनि सोही अपेक्षा गर्न सकिने बताएका हुन्।

तर अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने उनले बताएका छन् । उनले भनेका छन्, ‘पक्कै पनि भाइरस थप फैलिने सम्भावना छ । तर हामीसँग प्रविधि छ, जसले भाइरसको संक्रमणलाई रोक्न पनि सकिन्छ ।’

उनले कोरोना भाइरस विरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता तथा विश्वव्यापी सहकार्य अत्यावश्यक रहेकोमा पुनः जोड दिएका छन्।

सन् १९१८ को स्पेनिस फ्लूका कारण कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो।

कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको ज्यान गएको छ । यस्तै दुई करोड २७ लाख भन्दा बढी मानिस विश्वभर संक्रमित भएका छन्।

जेनेभामा भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा डब्लुएचओका प्रमुख डा. टेडरोजले पीपीईमा भएको भ्रष्टाचारलाई आपराधिक क्रियाकलापका रुपमा परिभाषित गरे।

उनले कुनै पनि प्रकारको भ्रष्टाचार स्वीकार्य नरहेको बताएका छन्। विश्वका विभिन्न देशमा महामारीकै बेला पीपीईसहितका सामग्री खरिदका बेला भ्रष्टाचार भएका घटना सार्वजनिक भएका छन्।