
जनकपुर, ५ भदौ । मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । प्रदेश २ मा अहिलेसम्ममा ८ हजारभन्दा बढी सङ्क्रमित देखिएका छन् भने ५२ जनाको ज्यान गएको छ ।
प्रदेशअन्तर्गतका ८ वटै जिल्ला कोरोनाको सङ्क्रमणको चपेटामा परेको छ । सोमध्ये सबैभन्दा बढी प्रभावित पर्सा भएको छ । कोरोनाबाट पर्सामा मात्रै २५ जनाको ज्यान गइसेकेको छ भने दोस्रो धनुषा जिल्लामा ९ जनाको ज्यान गएको छ ।
त्यस्तै, बारामा ६, सप्तरीमा ४, रौतहटबाट ३, महोत्तरी र सिरहाबाट २÷२ र सर्लाहीमा १ जनाको ज्यान गएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया