
काठमाडौं, ५ भदौ । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्न दिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने छ ।
यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ । यस्तै काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटेल क्वारेन्टिनमा बस्नुपर्ने छ । पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिने बताइएको छ भने त्यसको सम्पूर्ण खर्च एयरलाइन्सले व्यहोर्नु पर्ने छ ।
यस्तै पीसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर फ्लाइट मात्र सञ्चालन हुने डा. खतिवडाले बताए ।















प्रतिक्रिया