– रामसुन्दर आचार्य
काभ्रे, ३ चैत । बालिकाको उमेर १२ वर्षको मात्रै भयो । बालिका स्थानिय विधालयको कक्षा ७ मा अध्ययन गर्दै छिन् । नाताले उनको काका पर्ने १८ वर्षका राम मिजार केहि महिना अगाडी भक्तपुरको इट्टाभट्टामा कामबाट घरमा आएका थिए ।
पनौती नगरपालिकाको एउटा बस्तीमा उनीहरुको परिवार दुःख सुख बसेका थिए । उनका बाबु घरको दास्रो तल्लामा सुतेका थिए । समय साझको ५ बजेर २४ मिनेट गएको थियो । घटना सोमबारको हो ।
उनकी आमा र दिदी ज्याला गर्न गएका थिए । उनी भान्छामा पढेर अध्ययन संगै आमा मेला गएर ढिलो आउने भएकाले घरमा बेलुका पकाउने तरकारी केलाउने सिलसिलामा ति बालिका थिइन् ।
एक्कासी काका पर्ने राम मिजारले आएर मुख थुन्दै करणीको प्रयास गरेपछि ति बालिका अतालिदै कराउन थालिन् ।
उसले पटक पटक करणीको प्रयास गर्यो । दोस्रो तल्लाबाट सुतेका बाबुले छोरी कराएको सुनेपछि भर्याङबाट आउदै गर्दा राम मिजार भाग्न भ्याए । तर करणी भने गर्न पाएन छ ।
उसका बाबुले पनौतीमा रहेको प्रहरी चौकीमा खबर गरिदिए । प्रहरीले आएर गहुबारीमा लुकेका बेला खोजेर लग्यो । पीडित बालिकाकी आमाले बताइन् ।
उनले भनिन्–‘एक सेकेन्ड उसका बाबु ढिला भएको भए त्यो पापीले मेरो छोरीको अस्मिता लिन्थ्यो । पीडित बालिकाकी आमाले मंगलबार नै इलाका प्रहरी कार्यालय बनेपामा जबरजस्ती प्रयास गरेको भन्दै उजुरी दिएकी छिन् ।
















प्रतिक्रिया