३० आश्विन २०८३, शुक्रबार

२४ घण्टामा देभर ८३७ संक्रमित थपिए, थप ११ जनाको मृत्यु

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकासहित देशभर ८३७ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा  काठमाडौं उपत्यकामा २०८ जनासहित पछिल्लो २४ घण्टामा ८३७ जनामा कोरोना संक्रमण भएको हो ।

योसंगै संक्रमितको संख्या देशभर ३० हजार ४८३ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार हालसम्म १८ हजार २१४ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै मृतकको संख्या १३७ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ भने देशभर संस्थागत आइसोलेसनमा रहेकाको संख्या ८ हजार ५४६ छ । यस्तै होम आइसोलेसनमा ३ हजार ५८६ जना रहेका छन् ।