
काठमाडौं, ५ भदौ । कोभिड–१९ क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले स्थगित गरेको अन्तर्राष्ट्रिय उद्धार उडान सरकारले पुनः सुचारु गर्ने निर्णय गरेको छ ।
पर्याप्त क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्थापन भइनसकेको अवस्थामा सीसीएमसीले उद्धार उडान स्थगित गरेको थियो । तर, मन्त्रिपरिषद् बैठकले उद्धार उडान सुचारु गर्ने निर्णय गरेसँगै यसबारे मन्त्रालय तहमा छलफल भइरहेको छ ।
उडान कसरी गर्ने भनेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छलफल गरेर निर्णय गर्ने छ । यस बारेमा अहिले मन्त्रालयमा छलफल भइरहेको बताइएको छ ।
यसअघि उडानको तालिका बनाएर टिकेट काटिसकेका यात्रुका लागि फेरि उडान तालिका बनाउनका लागि सम्बन्धित एयरलाइन्सहरुलाई निर्देशन दिइसकिएको स्रोतको भनाइ छ । त्यसपछिका अरु उडानका सन्दर्भमा भने मन्त्रालयले तय गर्ने छ ।















प्रतिक्रिया