
काठमाडौं, ५ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले भोलि शनिबार आफ्नो प्रतिवेदन बुझाउने योजना बनाएको छ ।
सम्भव भएसम्म आज शुक्रबार बेलुका वा नभ्याइए शनिबारसम्ममा प्रतिवेदन बुझाउने तयारी भएको कार्यदलका एक सदस्यले बताए । उनका अनुसार सुझाव प्रतिवेदन पार्टीको समस्या ठोस रुपमा समाधान गर्न नसक्ने खालको बनेको छ । यद्यपि, सम्पूर्ण समस्या समाधान नभए पनि केही केही समस्याको समाधान भने कार्यदलले खोजेको उनको दाबी छ ।
कार्यदलका केही सदस्य उपत्यकाबाहिर गएको र चाँडै फर्किको खण्डमा शुक्रबार नै बैठक बसेर प्रतिवेदन बुझाइने बताइएको छ ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल र जनार्दन शर्मा छन् ।















प्रतिक्रिया