
काठमाडौं, ५ भदौ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक पुरुष र एक जना महिलाको शुक्रबार मृत्यु भएको छ ।
रौतहटका एक जना पुरूषको उपचारको क्रममा वीरगञ्जमा र महिलाको सप्तरीमा मृत्यु भएको हो । दुबै जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । मृतकमध्ये पुरुषको उपचारको क्रममा र महिलाको आफ्नी सानीआमाको घरमा मृत्यु भएको हो ।
रौतहटको ईशनाथ नगरपालिका–९ डुमरियाका ५५ वर्षीय पुरुषको वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको हो । ज्वरो, खोकी, पखाला र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शिवदर्शन सेन्ट्रल अस्पताल रौतहटमा उपचार गरिएको थियो ।
स्थितिमा सुधार नआएपछि अस्पतालले थप उपचारका लागि उनलाई वीरगञ्ज रिफर गरेको थियो । गम्भीर अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा भनाए भएका शुक्रबार बिहान मृत्यु भएको हो । उनमा कोरोना संक्रमणको यकिन गर्न स्वाब परीक्षण गर्न पठाइएको हो ।
यस्तै चार दिनदेखि उच्च ज्वरो आएपछि उपचार गर्न धरान जाने तयारीमा रहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ निवासी ३२ वर्षीया महिलाको बिहीबार राती निधन भएको हो । बिहीबार राति अत्यधिक ज्वरो आएपछि उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश साहले बताए ।
साहका अनुसार ३५ वर्षीया ती महिलालाई पछिल्लो चार दिनदेखि ज्वरो आइरहेको थियो । उनले औषधि किनेर खाइरहेकी थिइन् । ती महिला विभिन्न व्यक्तिको घरमा गएर काम गर्ने गर्दथिन् । उनमा कोरोना संक्रमण छ कि छैन भनेर एकीन गर्न स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएको नगरपालिकाले बताएको छ ।















प्रतिक्रिया