३० आश्विन २०८३, शुक्रबार

सेनाको स्काइट्रकमार्फत राहत बोकेर गृहमन्त्री अछाम पुगे

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । अछामको रामारोशन गाउँपालिकाका बाढीपीडितहरुका लागि राहत सामग्री बोकेर गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोली शुक्रबार अछाम पुगेका छन् ।

टोलीमा गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा नेता एवम् सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत छन् ।

अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा गत बुधबार आएको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् ।