लण्डन, ५ भदाै । स्पेनको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक लुइस एन्रिकेले यूईएफए नेसन्स लिग अन्तर्गत खेलका लागि टोलीको घोषणा गरेका छन् ।
८ नयाँ युवा खेलाडीलाई समावेश गर्दै एनरिकेले नेसन्स लिग अन्तर्गत जर्मनी र युक्रेनबिरुद्धको खेलका लागि टोली घोषणा गरेका हुन् ।
एनरिकेले बार्सिलोनाका युवा मिडफिल्डर अन्सु फातीलाई टोलीमा समावेश गरेका छन् । यसअघि स्पेनको यू-२१ टोलीबाट खेलेका फाती पहिलाेपल्ट सिनियर टोलीमा समावेश भएका हुन् । १७ वर्षीय फातीले गत सिजन मात्र बार्सिलोनाको सिनियर टोलीमा अवसर पाएका थिए ।
उनले पहिलो सिजनमा नै ३३ खेल खेल्दै ८ गोल गरिसकेका छन्। बार्सिलोनाबाट मिडफिल्डर सर्जियो बुस्केट्स पनि टोलीमा परेका छन् ।
यस्तै, एनरिकेले म्यानचेष्टर सिटीका १९ बर्षका युवा डिफेन्डर ईरिक गार्सियालाई समेत पहिलो टिममा समावेश गरेका छन् ।















प्रतिक्रिया