७ मंसिर २०८३, सोमबार

शिक्षण अस्पतालका १३ डाक्टरसहित ७० जनामा कोरोना संक्रमण

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदाै । महाराजगञ्जस्थित शिक्षण अस्पतालका १३ जना डाक्टरसहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप १७ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ७० पुगेको अस्पतालका कोभिड १९ फोकल पर्सन डा. सन्तकुमार दासले जानकारी दिए ।

अस्पतालको इमरजेन्सी वार्डमा कोरोना संक्रमण देखिएपछि केही दिन इमरजेन्सी वार्ड बन्द गरिएको थियो । इमरजेन्सी वार्ड सुचारु भइसकेको छ ।