
काठमाडौँ, ४ भदौ । काठमाडौँ महागरपालिका ३२ जडीबुटी आकासे पुलस्थित ट्रकलेको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
ना.६ ख २९१७ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ७ बस्ने ४४ वर्षीय धन बहादुर कार्कीको बिहीबार दिउँसो मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महाँकाल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया