
काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बालुवाटार स्रोतका अनुसार पछिल्लो समय बढ्दै गएको कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि थप आवश्यक रणनीति तय गर्न बैठक बस्न लागेको हो ।
काठमाडौँ उपत्यकामा पनि प्रतिदिन संक्रमितको संख्या बढ्न थालेपछि भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै, देशका अन्य केही स्थानहरुमा लकडाउन तथा निषेधाज्ञा जारी गरिएका छन् ।
बिहीबार मात्रै २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७ सय ७ जना संक्रमित थपिएका छन् ।















प्रतिक्रिया