३० आश्विन २०८३, शुक्रबार

रवीन्द्र मिश्र भन्छन्– लम्बे लकडाउन खेर गयो, निषेधको अवधि खेर नजाओस्

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । पूर्व पत्रकार एवं साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले निषेधाज्ञाको अवधि त्यसै खेर नफाल्न सरकारलाई सुझाव दिएका छन् ।

कोरोना संक्रमणका लागि यसअघि लामो समयसम्म लकडाउन गरिएको भए पनि सरकारले त्यस अवधिमा स्वास्थ्य सुरक्षाको क्षेत्रमा केही काम नगरेको भन्दै उनले निषेधाज्ञाको अवधिलाई परिणाममुखी बनाउन आग्रह गरेका हुन् ।

बिहीबार ट्विट गर्दै उनले लेखेका छन्, ‘पहिलेको लम्बे लकडाउन खेर गयो । अब नि स्वास्थ्यकर्मीको सुरक्षा, क्वारेन्टिन सेन्टर, भेन्टिलेटर, आईसीयू बेड, पीसीआर टेस्ट नबढाउने र आपतकालीन स्थितिका लागि तयारी नगर्ने हो भने घरघरमा लाश अलपत्र पर्न सक्छ र त्यो व्यवस्थापन गर्न असंभवप्रायः हुने छ ।’

त्यसैले उनले भनेका छन्, ‘अबको निषेधको अवधि खेर नजाओस् ।’ निषेधको अवधिमा सरकारले जनसुरक्षाका आवश्यक सम्पूर्ण तयारी पूरा गर्न पर्नेमा उनको जोड छ ।