
काठमाडौं, ४ भदौ । मोरङ र बर्दियाका दुई बालिका बलात्कृत भएका छन् ।
मोरङमा १४ र बर्दियामा ११ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले बताएको छ । बलात्कारी दुबै जना पुरुषलाई प्रहरीले पक्राय गरिसकेको बताएको छ ।
मोरङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करी गरेको अभियोगमा रतुवामाई नगरपालिका–७ का १९ वर्षीय अभिषेक राजबंशी र बर्दियामा ११ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने बारबर्दिया नगरपालिका–८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
दुबैजना पुरुषहरुले बालिकाहरुलाई ललाईफकाई उनीहरुको अविभाक नभएको मौकामा जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । पक्राउ परेका राजबंशी र विकमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया