
काठमाडौं, ४ भदौ । ‘नेपाल एयरलाइन्सको पाइलट’ हुँ भन्दै मकवानपुरको नामाटार–२ घर भएका रबिन सुनुवारले महिलाहरुको गहना लुटपाट गरेका छन् ।
पाइलट हुँ भन्दै महिलाहरुलाई प्रलोभनमा पारी गहना लुटपाट गरेको अभियोगमा हाल कागेश्वरी मनोहरा नगरपालिका–८ बसोबास गर्ने ‘रोहिनजंग शाह’ भनिने २३ वर्षीय रबिन सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनुवारले विगत १ वर्ष अगाडिदेखि रोहिन जंग शाह नामबाट फेसबुक चलाई सोही माध्यमबाट महिलाहरुलाई साथी बनाई आफूलाई नेपाल एयरलाइन्सको पाइलट हुँ भनी प्रलोभनमा पारी महिलाहरुसँग रहेका सुनको गहना लुटपाट गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सुनुवारले महिलाहरुबाट करीब ११ तोला बराबरको सुनका गहनाहरु र २ थान मोबाइल समेत लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया