६ कार्तिक २०८३, शुक्रबार

पोखरामा एकै परिवारका १३ जनामा कोरोना पुष्टि

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ भदौ । पोखरामा एकै परिवारका १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको ।

यससँगै पोखरामा समुदायमा संक्रमण फैलिएको बताइएको छ ।

पोखरा–५ मालेपाटनका एकै परिवारका १३ जनामा संक्रमण देखिएको हो ।

उक्त परिवारको एक महिला सदस्यमा साउन २४ गते संक्रमण पुष्टि भएको थियो ।

परीक्षण गर्दा परिवारका अन्य ११ जनामा संक्रमण देखिएकोमा बिहीबार थप दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगरपालिकाले जनाएको छ ।

बिहीबार सोही परिवारका ११ वर्ष र १४ वर्षका दुई बालबालिकामा संक्रमण देखिएको हो ।

तीन दाजु भाइका १३ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये एक जना निको भइसकेका छन् ।