
सिन्धुपाल्चोक, ४ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार खसेको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
बिहीबार थप ४ जनाको शव भेटिएसँगै मृतकको संख्या बढेको हो । बिहीबार १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, ५ वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएको हो ।
पहिरोमा अझै १० हराइरहेका छन् । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी कार्य जारी छ ।















प्रतिक्रिया