
काठमाडौं, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रौतहटको माधवनारायण नगरपालिकामा गोली हानी पुजारीको हत्या गर्ने हत्यारालाई चाँडो पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन् ।
पुजारी हत्याको घटनाबारे भत्सर्ना गर्दै थापाले दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही प्रक्रिया शुरु गर्न सरकारसँग माग गरेका हुन् ।
रौतहटको माधवनारायन नगरपालिका–२ खेसरहीयास्थित श्री हनुमान मन्दिरका पुजारी श्रीराम साहको बुधबार साँझ गोली हानी हत्या गरिएको थियो । नियमित पूजा सकेर राती खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए ।
बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
















प्रतिक्रिया