३० आश्विन २०८३, शुक्रबार

माछापोखरीबाट पेस्तोलसहित पक्राउ परेका दुईजना प्रहरीद्वारा सार्वजनिक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । काठमाडौंको माछापोखरीबाट प्रहरीले दुई थान पेस्तोल र दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले नुवाकोट शिखरबेसी–६ घर भएका २७ वर्षीय विकेश पण्डित र नुवाकोट लिखु गाउँपालिका–१ घर भएका २८ वर्षीय अमर तामाङलाई पक्राउ गरेको हो ।

बिकेश र अमरको साथबाट ‘मेड इन यूएस’ लेखिएको दुई थान पेस्तोल, म्यागजिन र १० राउण्ड गोली बरामद गरिएको महाशाखाले बताएको छ । प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले बुधबार मध्यान्ह माछापोखरीबाट पक्राउ गरेको विकेशको बयानका आधारामा पेस्तोल कारोबारमा अमरको संलग्नता खुलेको थियो ।

महाशाखाले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँगको समन्वयमा अमर तामाङलाई नुवाकोटबाट पक्राउ गरेको हो । अमर डाका मुद्दामा ६ वर्ष २ महीना जेल बसेर ०७६ फागुनमा रिहा भएका थिए ।