३० आश्विन २०८३, शुक्रबार

निषेधाज्ञाको बेलामा अत्यावश्यक सेवा कसरी लिने ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । कोरोना संक्रमणको दर तीव्र बनेसँगै आजदेखि उपत्यकाका ३ वटै जिल्लाले निषेधाज्ञा जारी गरेका छन् ।

अत्यावश्यक कामका लागिबाहके घरबाहिर निस्कन नपाइने भनिए पनि अत्यावश्यक सेवा कसरी लिने भन्ने विषयमा आम मानिसमा अन्योल सृजना भइरहेको छ ।

सरकारले कुनै पनि औपचारिक व्यवस्था नगरेको अवस्थामा आम सर्वसाधारणले अत्यावश्यक सेवा कसरी लिन सक्छन् ? चासोको विषय बनेको छ ।

तर, अच्चानक विरामी पर्दा, औषधि सक्किदा, ग्यास र खाद्यान्नलगायत वस्तु खरीद गर्न जान दिइने प्रशासनले बताएको छ । ३ वटै जिल्ला प्रशासनले यस्ता कामका लागि निस्किने कसैलाई पनि अवरोध नगर्ने स्पष्ट पारेका छन् ।

त्यस्तै कसैको मृत्यु भइ मृत्यु संस्कारमा निस्कन पाइन्छ । तर, जे कामका लागि निस्किने हो त्यसको कागजी प्रमाण वा मौखिक रुपमै पनि प्रहरीलाई भनेर आफ्नो सवारीसाधन नै प्रयोग गर्न पाइने बताइएको छ ।

जस्तै बिरामी भएको अस्पतालको कागज, औषधि किन्न डाक्टरको प्रेसक्रिप्सन, ग्यास लिन रित्तो सिलिन्डर साथमा भयो भने त्यही नै पर्याप्त प्रमाण भएको जिल्ला प्रशासनको भनाइ छ ।

तर, कतिपय अवस्थामा प्रहरीले कर्तव्य निर्वाह गर्ने क्रममा आम सर्वसाधारणको वास्तविक समस्या बुझ्न नखोज्दा भने समस्या भइरहेको विगतका उदाहरणहरु पनि छन् । यसलाई पनि निराकरण गर्ने गरी सर्कुलर गर्नु पर्ने देखिन्छ ।