३० आश्विन २०८३, शुक्रबार

निषेधाज्ञाको अवज्ञा गर्ने सवारीसाधनहरु सडकमै होल्ड गरियो, राती ८ बजेपछि मात्रै छाडिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । काठमाडौं उपत्यकामा बुधबार राती १२ बजेदेखि शुरु भएको निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा निस्किने सम्पूर्ण सवारीसाधनलाई सडकमै होल्ड गरिएको छ ।

निषेधाज्ञाका लागि स्थानीय प्रशासनले तोकेको मापदण्ड पूरा नगर्ने सवारीसाधानलाई ट्राफिक प्रहरीले जहाँ भेट्यो सोही स्थानमा होल्ड गर्न थालेको हो । अहिलेसम्म गाडी र मोटरसाइकल गरेर करीब ६०० वटा सवारीसाधान होल्ड गरिएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

होल्ड गरिएका सबै प्रकारका सवारीसाधन राती ८ बजेपछि मात्रै छाडिने कार्यालयको भनाइ छ । होल्ड गरिएकामा चारपांग्रे सवारी भन्दा दुईपांग्रे सवारी धेरै छन् । ४०० भन्दा बढी मोटरसाइकल र स्कुटर होल्ड गरिएको छ ।