
काठमाण्डौ, ४ भदौ । नेपाल एयरलाइन्सको जहाजले बिहीबार राती सुडानका लागि उडान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनका लागि खटिने नेपाली सैनिक लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उड्न लागेको हो । जहाजले २६० जना सैनिक लिएर जाने र शान्ति मिसनको सेवा अवधि सकेका सैनिक बोकेर फर्कने नेपाल एयरलाइन्सले जनाएको छ ।
जहाज शुक्रबार राती नेपाल फर्किने तालीका छ । नेपाल एयरलाइन्सले दोस्रो पटक सुडानको उडान गर्न लागेको हो । यसअघि गएको साउन १३ गते नेपाल एएरलाइन्सले आफ्नो इतिहासमै पहिलोपटक सुडानका लागि उडान गरेको थियो ।















प्रतिक्रिया