काठमाडाैं, ४ भदाै । उपत्यकामा निषेधाज्ञा लागू भएपछि बिहीबार बिहानैदेखि सडक र मुख्य चाेकहरू सुनसान भएका छन् ।
मध्यराति १२ बजेदेखि निषेधाज्ञा शुरू भएकाे छ । बुधबार मध्यराति १२ बजेसम्म निषेधाज्ञा लागू हुनेछ ।
चोकहरूमा सुरक्षाकर्मी खटिएका छन् । अत्यावश्यक कामबाहेक हिँड्नेलाई प्रहरीले रोकेको छ । मर्निङवाकमा समेत ननिस्कन प्रहरीले आग्रह गरेको छ ।
अत्यावश्यकबाहेकका कामका लागि निस्किएको पाइए सुरक्षाकर्मीले सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्नेछन् । यो ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले यसअघि लकडाउनमा अपनाइएको सहजीकरण समेत यसपटक हुनेछैन ।











प्रतिक्रिया