लण्डन, ४ भदाै । विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सफाइ पाएका छन् ।
केही समयअघि उनलाई फिफाको नियम उल्लंघन गरेको अभियोग लगाइएको थियो ।
फिफाको इथिक्स कमिटिले प्रारम्भिक अनुसन्धानपछि इन्फान्टिनोलाई सफाइ दिएको हो ।
इन्फान्टिनोलाई स्वीस महान्यायाधिवक्ता माइकल लाउबारसँग गोप्य रुपमा भेट गरेको अभियोग थियो ।
दुवैजनाले कुनै पनि गलत काम नगरेको बताउँदै आएका थिए । स्वीस अदालतले दिएका कागजातहरुको अध्ययन गरिएको फिफाले जनाएको छ ।
त्यसबाट कुनै पनि गलत काम नभएको देखिएको फिफाको इथिक्स कमिटिले बताएको छ ।















प्रतिक्रिया