६ कार्तिक २०८३, शुक्रबार

विवाह गर्ने भन्दै मायाजाल गरेर किशोरी वेचबिखन गर्ने आरोपित पक्राउ

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३ भदौ । १७ वर्षीया किशोरीलाई वेचबिखन गर्ने आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने नुवाकोट तादी गाउँपालिका ३ खरानिटार घर भएका अर्पण तामाङ भनिने २२ वर्षीय राजु तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीले आफू वेचबिखनमा परेको भन्ने जानकारी गराएपश्चात प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ती किशोरीलाई तामाङले सधैंभरि माया गर्ने, विवाह गर्ने भन्दै प्रलोभन देखाई प्रेमजालमा फसाएर शुरूमा काठमाडौं गोंगबुस्थित गेष्टहाउसमा लगि पटकपटक जवरजस्ती करणी गरेपश्चात आफ्नो साथीको जिम्मा लगाएको थियो ।

र उनको साथीले किशोरीलाई गोंगबुबाट ट्याक्सीमा चितवन हुँदै काकडभिट्टा सिमा नाकाबाट अपरिचित भारतीय पुरुषको जिम्मा लगाएका थिए ।

साथै भारतीय पुरुषले किशोरीलाई विभिन्न डरत्रास देखाई शारीरिक तथा मानसिक पीडा दिँदै रोजगार लगाईदिने बहानामा भारतको विभिन्न ठाँउमा लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।

किशोरीले आफू बेचिएको महसुस गरी भागेर एक अपरिचित नेपालीको सम्पर्कमा पुगेको र ती ब्यक्तिले २०७६ असोज महिनामा कैलाली टिकापुरस्थित ईलाका प्रहरी कार्यालयमा बुझाएकोमा उक्त कार्यालय मार्फत नेपाल नामक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरे पश्चात किशोरीलाई आफन्तको जिम्मा लगाइएको उक्त ब्यूरोले जनाएको छ ।

तामाङ उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।