६ कार्तिक २०८३, शुक्रबार

दर्ता भयो नेकपा एमाले पार्टी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी) दर्ता भएको छ ।

निर्वाचन आयोगले एमालेलाई दर्ता गरेको हो । आयोगको वुधबार बसेको बैठकले उक्त पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।

मोरङकी सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई निर्वाचन आयोगले दर्ता गर्ने निर्णय गरेको हो ।

आयोगले राजपत्रमा प्रकाशित गरेपछि दलको प्रमाणपत्र केही दिनमा दिने जनाएको छ । नयाँ दर्ता भएको एमालेको चिन्ह भने पहाडबाट उदाउँदै गरेको सूर्य राखेको छ ।

गत असार १२ गते तिवारीले एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी थिइन् ।