
काठमाडौँ, ३ भदौ । सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
वुधबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ७ र सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरामा गत २४ घण्टामा ७७ जनाको परीक्षण गर्दा थप ७ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै, सेतीमा ७१ जनाको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको अस्पतलाले जनाएको छ ।















प्रतिक्रिया