
काठमाडौँ, ३ भदौ । कोरोनाभाइरस संक्रमणका कारण वीरगञ्जमा थप २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं. ४ वीर्ताका ८४ वर्षीय वृद्ध र वडा नं. १५ भिस्वाका ५७ वर्षीय पुरुष रहेका छन् ।
गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत निमोनियाका बिरामी ८४वर्षीय वृद्धको मंगलबार राती साढे १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
त्यस्तै, भिस्वाका ५७ वर्षीय पुरुषको भने नारायणी अस्पतालमा मंगलबार दिउँसो मृत्यु भएको थियो । उनको पनि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
यससँगै कोरोनाका कारण वीरगञ्जमा मृत्यु हुनेको संख्या ३० जना पुगेको छ । जसमा साउनमा मात्रै २६ जना रहेका छन् ।















प्रतिक्रिया