६ कार्तिक २०८३, शुक्रबार

भनेजस्तो नभएको भन्दै संसद सचिवालयले फिर्ता पठायो नयाँ लोगो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ भदौ । संघीय संसदको सचिवालयले संसदको नयाँ फिर्ता पठाएको छ ।

लोगो विवादित बनेको र भनेजस्तो नभएको भन्दै सचिवालयले फिर्ता पठाएको हो ।

लोगो सचिवालयले डिजाइन गरेजस्तो नभएको भन्दै लागो बनाउने घरेलु तथा साना उद्योगमा फिर्ता पठाइएको हो ।

बागमती प्रदेश अन्तर्गतको कार्यालयले डिजाइनअनुसार लोगा नबनाएकाले सुधारका लागि फिर्ता पठाइएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् ।

सचिवालयले ३ सय ५० थान लोगो निर्माण गर्न घरेलु तथा साना उद्योग कार्यालयलाई जिम्मा दिएको थियो । अब कार्यालयले आवश्यक सुधारसहितको लोगो फेरि तयार गर्नेछ ।