
काठमाडौँ, ३ भदौ । हेटौँडामा मंगलबार मृत्यु भएकी एक महिलामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
हेटौँडा उपमहानगरपालिका १ चौकीटोलकी ६१ वर्षकी महिलाको मंगलबार राति मृत्यु भएको थियो । उनमा वुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।
हेटौँडा अस्पतालमा भर्ना भएकी उनको लामो समयदेखि श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
उनको मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।
मकवानपुरको हेटौँडा कोरोनाका कारण मृत्यु भएको यो पहिलोपटक हो ।















प्रतिक्रिया