६ कार्तिक २०८३, शुक्रबार

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ भदौ । म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार झण्डा जलाएको दृश्य राखेको घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङसहित ९ जनालाई पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले सोमबारदेखि अहिलेसम्म विभिन्न ठाउँबाट ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उक्त भिडियोमा अभिनय गर्ने, गाउने, भिडियो खिच्नेलगायत छन् । उनीहरुलाई कारवाहीका लागि लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाउन लागिएको बताइएको छ ।

उनीहरुविरुद्ध साइबर अपराध, मुलुकी अपराध संहिता २०७४ ले राष्ट्रिय झण्डा जलाउन नपाइनेविरुद्धको कसुर र राजद्रोहको कसुर गरी तीन वटा मुद्दा चलाइने जनाइएको छ ।

मकवानपुरको बागमती गाउँपालिकामा सुटिङ गरेको उक्त भिडियोमा राष्ट्रिय झण्डा जलाएकोदेखि जातिय द्वेषा फैलाउने किसिमका दृश्य छन् । भदौ १ गते मंगोल होप अफिसय युट्युब च्यानलबाट नेपाली राष्ट्रिय झण्डा जलाएको भिडियो अपलोड गरिएको थियो ।