७ मंसिर २०८३, सोमबार

कैलाश खोलाले बगाउँदा ६ को मृत्यु, १३ जना बेपत्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, ३ भदाै । अछाम जिल्लाको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा ६ जनाको मृत्यु भएको छ ।

मंगलबार रातिदेखि परेको अबिरल वर्षालेसँगै आएको खोलाले बगाउँदा रामारोशन गाउँपालिका-५ सैनिबजारका ६ जनाको मृत्यु भएको छ ।

४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको जनाइएकाे छ ।

२ जनाको शव मंगलसेन नगरपालिका-३ मा पर्ने लमतणा र सेरीमा भेटिएको स्थानीयले बताएका छन् ।

खोलाले बगाउँदा थप १३ बेपत्ता भएका छन् । उनीहरूकाे खोजीकार्य भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् ।

खाेलाले सैनबजारका १६ वटा घर तथा पसलसमेत बगाएको छ ।